![]() |
Sankalpa Pokharel |
संयोगको कुरो के छ भने चिया पसलका ग्राहक भएका जति जम्मै चश्मिस छन् र जसको हामी पर्खाइमा छौ तिनको प्रवेश लगत्तै बानेश्वरको यो सानो चिया पसल अब भने चश्मिसहरुको ठुलो जमात बनि सकेको छ । आँखा आँखा मौन कुरा गर्छन यस विषयमा र एक हल्का ‘ओके’ को रुपमा मुसुक्क मुस्कान छोड्छ ओठ । लामो , कलर्ड कपाल र अलि जंकि ड्रेसअपमा सजिएका यी नवप्रवेशी , संकल्प पोखरेल , GRE Instructor हुन र कुल १६०० मा उनको GRE स्कोर १४७० रहेको छ जुन नेपालको परिप्रेक्ष मा औलामा गनिन सकिने टप स्कोर भित्र पर्दछ ।
![]() |
Sankalpa Pokharel, One of the Top GRE scorer of Nepal with scale 1470 |
त्यसैले यहि सोचाइ अनुरुप आफ्ना विधार्थीबिच आफ्नो पकड जमाउन यी GRE गुरुले औपचारिकताको खोल छोडी आफ्नो गेटअपमा हल्का ईन्फर्मल परिवर्तन ल्याएका छन् । लामो स्ट्रेड कपाल, यु सेप्ड स्पेग र फ्रेन्च कट दाहि – अर्थात बाहिरबाट जंकी लुक र भित्र भने GRE Instruction का झ्यांगिएका अनेकन गुत्थीहरुलाई केलाउन सफल – एक सर ।
केहि न केहि सिप हरेकमा हुन्छ र तत्काल आफ्नो सिप अभिव्यक्त गर्ने कला हरेक व्यक्तिमा रहे यसले व्यक्तिको सफलतामा साथ दिने तर्क प्रस्तुत गर्ने संकल्प (सिकु) चावहिल, काठमाडौ निवासी हुन् । पोखरा विश्चविधालयबाट Electronics and Communication मा Engineering सकेका यिनी संगीतका अति पारखि साथै गीत गाउनका सौखिन पनि हुन् ।
मेधावी, दिक्षा ,ड्रिमएज जस्ता एजुकेसन कन्सलटेन्सीमा आवद्द संकल्प नेपालका टप GRE स्कोररहरु मध्येका एक हुन् । र पनि नेपालमै किन ? प्रश्नको उत्तरमा उनको सहज उत्तर थियो – यो प्रश्नै किन ???
GRE के हो ? प्रश्नमा यिनी भन्छन “मानिसको Intelligent Quotient (IQ) संग सम्बन्धित एउटा Intelligent Exam हो । “ हुन पनि GRE आफै भन्छ “ GRE is a General Test and does not test any specific knowledge in any subject.”
उपरोक्त कथनसँग सहमति हुदै एउटा वेवसाईट भन्छ “ GRE प्रशिक्षार्थीको निश्चित समय अवधिमा रही निर्णय लिन सक्ने क्षमताको सहि मुल्याकंन गर्ने एक उच्च स्तरिय सटिक माध्यम हो । “ निकै सोधखोज पछि हाम्रा गुगल दाइ भन्छन् “वास्तवमा GRE कुनै एक विषयसँग सम्बन्धित नरहेर अंग्रेजी र गणितका आधारभुत संरचनाबाट गठित एक उच्च स्तरिय परिक्षा प्रणाली हो जसले विधार्थीको दिमागको चौतर्फी परिक्षण गर्दछ । “
एकैचोटी सबै प्रश्नमा आँखा डुलाई सबैभन्दा सजिलो उत्तरबाट लेख्न शुरु गर्ने हाम्रो परम्परागत प्रणाली भन्दा यो प्रणाली भिन्न हुने अनुभव सुनाउँछन् एक प्रशिक्षार्थी “ यो त कम्प्युटरसँग लुकामारी खेले जस्तो छ । “अर्थात यदी पहिलो प्रश्नको उत्तर सही गयो भने दोश्रो प्रश्न तपाईलाई अलि कठिन आउने छ तर गलत गर्नुभयो भने नआत्तिनुस् सजिलो प्रश्न सोधेर तपाईलाई अघि बढ्न मौका दिइनेछ । यस अर्थमा सजिलो र कठिन प्रश्नहरुको तालमेल चाँहि तपाईले भर्खरै दिएको प्रश्नको उत्तरसँग निर्भर रहने छ । भएन त कम्प्युटरसँग लुकामारी ????
स्नातक उतिर्ण विधार्थीहरुलाई उच्च अध्ययन नि्मित्त GRE स्कोर पनि मागिन थालिएदेखि Non- Management student हरुको लागि यो टेस्ट प्राथमिकतामा पर्न थालेको छ । स्नातक पछि Science Background को लागि GRE तथा Business studies को लागी GMAT संचालन गर्ने कन्सलटेन्सीहरुको खचाखच भिडमा कतै रुमलिएका यि गुरु भन्छन “ बजारमा आफ्नो पहिचान एजुकेसन कल्सनटेन्सीकै कारण छाँयामा पर्ने हुनाले सोचेजस्तो प्रगती गर्न नसेके पछि टप स्कोररहरु नेपालमै बस्ने मनसाय हुँदाहुदै पनि १/२ बर्षको टिचिगं अनुभव पछि बिदेशिने गरेका छन् । “
2 comments:
Wa...Sir.....is this blog dedicated to you or it's yours...
Ani tapaiko perosnality ko GRE language kya dami lgayo so comment diyeko.....
still to explore new in your blog...
take care...its adove.
Please give me your contact details sankalpa dai I want to meet you once
Post a Comment